जसपाबाट पूजा चौधरी उम्मेदवार बन्ने

129
0
Share:

काठमान्डौ/जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रियसभामा मधेश प्रदेशबाट पूजा चौधरीलाई उम्मेदवार बनाउने भएको छ । जसपाले आज उनको नाम टुंगो लगाएको हो । गठबन्धनको एक घटक जसपाले एक सिट भाग पाएको थियो ।

 

जसपाले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी गत वर्ष भएको प्रदेशसभा चुनावमा रौतहट ३ ९१० मा उम्मेदवार भई पराजित भएकी थिइन् ।

Share: