क्यानले गर्‍यो क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन

Share:

काठमान्डौ/सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

 

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।

 

आज बिहीबार विज्ञप्ति निकालेर क्यानले भनेको छ,’ ‘ राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतके आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’

 

यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो।बुधबार बसेको न्यायाधीश ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन समेत फैसला गरेको छ।

 

लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो। पीडित नाबालिग भएको भनेर वादी पक्षले गरेको दाबी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको थियो। २०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।

 

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका लामिछाने प्रहरीमा जाहेरी दर्ता हुँदा क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटना बाहिरिएपछि नेपाल क्रिकेट संघ ९क्यान० ले लामिछानेलाई निलम्बन गरेको थियो।

 

वेस्ट इन्डिजमा रहेका लामिछाने नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए।

 

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गरेको थियो। त्यसपछि उनले फेरि सर्वोच्चमार्फत विदेश खेल्न जाने अनुमति पाएका थिए। उच्च र सर्वोच्चको आदेशपछि क्यानले सन्दीपलाई फेरि राष्ट्रिय टिममा राखेको थियो।

May be an image of text that says 'CAN "Sports for Health, Sports for Nation" नेपाल क्रिकेट संघ Cricket Association of Nepal (Full Member AGC/ Associate Member ICC) च.नं. Ref No: NSC Regd No: प्रेस प्रेसविजप्ति मिति: २०८००९/२६ सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८० पौष को फैसला मिति २०८० पौष गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी नेपाली राष्ट्िय क्रिकेट टिमका पूर्व सन्दिप लामिछानेलाई जबरजस्ती मुद्दामा कसूर कायम सजाय निर्धारण गरिएको सम्मानित आदलतको आदेश अनूसार फौजदारी मुद्दामा निर्धारण भएकाले निज लामिछानेलाई घरेलु तथा अन्तराष्ट्रय कुने प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको गराउंदछो| चतुर बहादुर चन्द अध्यक्ष GPO 20291, Mulpani, Kathmandu, Nepal Email: info@cricketnepal.org.np'

Share: