Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रामबहादुर बमजनलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश – Lekhanpeeth

रामबहादुर बमजनलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

Share:

काठमान्डौ/रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको तहसिलदार तथा सूचना अधिकारी चिरञ्जीवी बस्नेतले बताए ।

 

सूचना अधिकारी बस्नेत अनुसार बिहीबार सात जना वकिलहरूले बहस गरेका थिए। प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन्। अदालतमा बमजनले १८ वर्षकी किशोरीलाई बालयौन दुरुपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।

 

बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

Share: