Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एपीएफलाई पराजित गर्दै पुलिसले जित्यो पुरुष भलिबलको उपाधि – Lekhanpeeth

एपीएफलाई पराजित गर्दै पुलिसले जित्यो पुरुष भलिबलको उपाधि

218
0
Share:

काठमान्डौ/एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै पुलिसले ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो सेट जितेको एपीएफमाथि पछिल्लो ३ सेट जित्दै पुलिसले उपाधि आफ्नो नाममा गरेको हो । एपिएफमाथि २२-२५, २५-१९, २५-१८ र २५-२३ ले जित्दै पुलिसले च्याम्पियनमा आफ्नो नाम सारेको हो ।

 

नवौँ राष्ट्रिय खेलकुदको उपाधि विजेता एपीएफ प्रतियोगिताभर अपराजित रहे पनि फाइनलमा हार्दै उपविजेतामा सीमित बन्यो ।समूह ए मा रहेका यी दुवै टिममध्ये एपिएफ लिग चरणमा समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो । त्यस्तै पुलिस भने उपविजतोको रूपमा आएको थियो ।

 

लिग चरणमा एपिएफसँग हारेको पुलिसले उपाधि जित्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यसअघि आज भएको तेस्रो स्थानको खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको थियो ।

 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रविन चन्द (नेपाल पुलिस क्लब), उदयीमान खेलाडी पहल गहतराज (नेपाल पुलिस), उत्कृष्ट स्पाइकर हेमन्त मल्ल (एपीएफ क्लब), उत्कृष्ट सेटर इमबहादुर राना (नेपाल पुलिस क्लब), ब्लकर रविन नगरकोटी (नेपाल पुलिस क्लब), उत्कृष्ट सर्भर जीवन सुनार (गण्डकी प्रदेश, लिवेरो भीम बहादुर गाहा (नेपाल पुलिस क्लब)र उत्कृष्ट प्रशिक्षक चन्द्र कुँवर (नेपाल पुलिस) बनेका छन् । लिवेरो भीम बहादुर गाहा (नेपाल पुलिस क्लब) र उत्कृष्ट प्रशिक्षक चन्द्र कुँवर (नेपाल पुलिस)बनेका छन् ।

Share: