
काठमान्डौ/साताको पहिलो कारोबार दिन आइतबार आज नेपाली बजारमा छापावाला सुनको भाउ वृद्धि भएको छ । छापावाला सुनको भाउ ६०० रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन शुक्रबार प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको छ । चाँदी शुक्रबार १ हजार १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।