Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चौधरी ग्रुपले तिर्‍यो १६ अर्ब १४ करोड रुपैयाँ राजस्व – Lekhanpeeth

चौधरी ग्रुपले तिर्‍यो १६ अर्ब १४ करोड रुपैयाँ राजस्व

300
0
Share:

काठमान्डौ/चौधरी ग्रुपले १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक बर्ष २०७९र०८० मा सरकारलाई सो राजस्व तिरेको हो । यो सरकारको कुल राजश्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च कम्पनीले दाबी गरेको छ ।

 

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित भइरहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको तथा अर्थतन्त्रमा आएको सङ्कुचनका कारण सरकारले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको पृष्ठभूमिमा ग्रुपको योगदान उच्च रहेको कम्पनीको विवरणमा उल्लेख छ ।

 

यद्यपी कम्पनीले पनि बिग्रेको अर्थतन्त्रका कारण गतवर्ष भन्दा कम राजस्व योगदान गरेको हो । आर्थिक वर्ष २०७८र०७९ मा ग्रुपले १७ अर्ब ७२ करोड रुपैयाँ कर तिरेको थियो ।

Share: