Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकैदिन २७ सय रुपैयाँले घट्यो, मंगलबार कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

एकैदिन २७ सय रुपैयाँले घट्यो, मंगलबार कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/सुनको मूल्य एकैदिन प्रतितोला २७ सय रुपैयाँले घटेको छ । सोमबार ११ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार २७ सय रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भएको थियो ।

 

मंगलबार चाँदीको मूल्य एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: