सुनको मूल्य घट्यो, मंगलबार तोलाको कति ?

Share:

काठमान्डौ/मंगलबार छापावाला सुनको भाउ १०० रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ तोकिएको छ ।

 

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ तोकिएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

मंगलबार प्रतितोला चाँदी १ हजार ४१५ रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।

Share: