काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ

Share:

काठमान्डौ/प्रहरीले एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

 

उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विभिन्न क्लिनिकहरूमा काम गर्ने गरेको खुलेको छ । पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

 

प्रहरीका अनुसार टिचिङ अस्पतालमा समेत काम गरेको पाइएको छ ।

Share: