Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य घट्दा चाँदी प्रतितोला २० रुपैयाँले बढ्यो – Lekhanpeeth

सुनको मूल्य घट्दा चाँदी प्रतितोला २० रुपैयाँले बढ्यो

Share:

काठमान्डौ/तीन दिन स्थिर रहेको सुनको भाउ बिहीबार भने ४०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ रहेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य बिहीबार २० रुपैयाँले बढेको हो ।

Share: