
काठमान्डौ/सत्तासाझेदार दल नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै छ ।
नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति वि.सं. २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने कांग्रेसको तयारी छ ।