बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो ।

 

आज छापावाला सुन १ लाख १८ हजार ३ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: