
काठमान्डौ/ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा एक जर्मन महिला मृत भेटिएकी छिन् । ५४/५५ वर्षकी एडेलहैड सेनेकेनबर्गर कोठामा लडिरहेको अवस्थामा मृत भेटिएको ललितपुर प्रहरी प्रवक्ता नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार उनी त्यहाँ एक्लै बस्दै आएकी थिइन् । अहिले फरेन्सिकको टोली ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।