Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आहा रारा गोल्डकप : आज आर्मी र थ्रीस्टार भिड्दै – Lekhanpeeth

आहा रारा गोल्डकप : आज आर्मी र थ्रीस्टार भिड्दै

187
0
Share:

काठमान्डौ/आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै छ। ​खेल दिउँसो पोखरा रङ्गशालामा दिउँसो १ बजे शुरु हुनेछ।

 

आर्मी क्लब ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै फाइनलमा पुगेको हो। थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १-० ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको हो।

 

थ्रीस्टार आहा राराको पाँच पटकको विजेता हो भने पाँचौँ पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन। आर्मी पहिलो पटक उपाधि जित्ने दाउमा छ भने थ्रीस्टार उपाधि संख्या ६ पुर्‍याउने लक्ष्यमा छ। ​

 

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहारा क्लब पोखराको आयोजनामा जारी आहा–रारा पोखरा गोल्डकपको यो २३औँ संस्करण हो।

Share: