
काठमान्डौ/मेनुका पौडेल ‘इन्डियन आइडल’बाट बाहिरिएकी छन् । आइतबार भारतीय टेलिभिजन रियालिटी सो ‘इन्डियन आइडल– सिजन १४’को शीर्ष १० बाट उनी बाहिरिएकी हुन् ।
मेनुकाले सामाजिक सञ्जालबाट आफू इन्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । ‘ूआज मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ । यो मेरो सुरुवात हो, अन्त्य होइन,’ उनले भनेकी छन् ।
उनले आफूलाई गरेको मायाप्रति आभार व्यक्त गरेकी छन् । उनले वर्षभरिका लागि आफू व्यस्त रहेको पनि जानकारी दिएकी छन् । इन्डियन आइडलबाट उनले निकै चर्चा कमाएकी छन् ।