Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आईसीसी लिग-२ : रोचक खेलमा नेदरल्याण्ड्ससँग अमेरिका १९ रनले पराजित – Lekhanpeeth

आईसीसी लिग-२ : रोचक खेलमा नेदरल्याण्ड्ससँग अमेरिका १९ रनले पराजित

229
0
Share:

काठमान्डौ/आईसीसी विश्वकप लिग-२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग १९ रनले पराजित भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउनेक्रममा अन्तिममा ८ रन बनाउन मात्र ५ विकेट खर्चिएपछि १९ रनको पराजय भोगेको हो।

 

२३८ रनको लक्ष्य पछ्याएको अमेरिकाको अन्तिमको ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो। सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए। विक्रमजित सिंहले ५९, म्याक्स ओडाउड ४९ रन बनाए।

 

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए। अमेरिकाको लागि मिलिन्द कुमारले सर्वाधिक ६९ रन बनाए। उसका लागि स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए।

 

नेदरल्यान्ड्सका भिभियन किंग्मा तीन, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले दुईदुई विकेट लिए। ८ टोली सहभागी लिग-२ आगामी २०२७ सम्म चल्नेछ। शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्नेछन्।

Tagssports
Share: