Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति – Lekhanpeeth

अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

206
0
Share:

काठमान्डौ/अरुणकुमार चौधरीसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले तीन दिन म्याद थप गरेको छ।

 

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उनीहरू पक्राउ परेका थिए ।

 

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले तीन दिन म्याद थप गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो।

 

माघ १८ मा पक्राउ परेपछि चार दिन म्याद थप गरिएका यी तीन जनामाथि अनुसन्धान गर्न अदालतले तीन दिन म्याद थप गरेको हो।

Share: