Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्वमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन – Lekhanpeeth

पूर्वमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन

219
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ। विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति उनको निधन भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।

 

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित उनी पछिल्लो समय मिर्गौलाको उपचार गराइरहेका थिए । झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।

 

उनी प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति, राष्ट्रिय पञ्चायत सदस्य हुँदै जलस्रोत सहायक मन्त्री र सामान्य प्रशासन मन्त्रीसम्म भएका थिए । बुढाथोकीको पार्थिव शरीरलाई मंगलबार जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिइने हुमागाईँले जानकारी दिए । बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Share: