Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान – Lekhanpeeth

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

195
0
Share:

काठमान्डौ/राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले बुधबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान भएको हो।

 

योग्यता पुगेका इच्छुक व्यक्तिले आज माघ २४ गते देखि २१ दिनभित्र आवेदन दिन सक्ने छन् । ६५ वर्ष उमेर ननाघेको उम्मेदवारले मात्र दरखास्त दिन पाउने व्यवस्था गरिएको छ। प्रमुख कार्यकारी अधिकृत पदका लागि बीमा, मौद्रिक, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनु पर्ने छ।

 

यस्तै, चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा, बैकिंङ, वित्तीय वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातक वा सो सरहको उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा दश वर्ष, बैक वा वित्तीय क्षेत्रमा भए पन्ध्र वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा बाह्र वर्षको अनुभव भएको हुनु पर्ने छ।

 

Share: