एकैपटक सशस्त्र प्रहरीका १०० एसपीको सरुवा

120
0
Share:

काठमान्डौ/सशस्त्र प्रहरी बल नेपालका १०० एसपीको एकैपटक सरुवा भएको छ ।

 

उनीहरुले सरुवा भएको कार्यालयबाटै फागुन १ गतेदेखि तलब भत्ता तथा राशन पाउने छन् । संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई कार्यान्वयन भए पश्चात नयाँ बढुवा भएका सि।सं। ३ सशस्त्र प्रहरी निरीक्षक टोलीका सशस्त्र प्रहरी उपरीक्षकसहित सिनियर ब्याच सि।सं। २ र अन्य विभागिय सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्डको जिम्मेवारी दिईएको हो ।

 

सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतमा गरेका कमाण्डको समेतलाई आधार मानी जेष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सोही अनुसारको जिम्मेवारी दिईएको हो । संगठनले अख्तियार गरेको पूर्वानुमान सूचीमा आधारित रहि हाल रिक्त रहेका कमाण्डलाई आधार मानी मेरिट अनुसार ४१ जना सशस्त्र प्रहरी उपरीक्षहरुले कमाण्डको जिम्मेवारी प्राप्त गरेका छन् ।

 

उनीहरुको पूर्वानुमान सूची यही असोज ५ गते प्रधान कार्यालयले ५० जनाको मुख्य र १० जनाको बैकल्पिक सूचीमा सूचीकृत गरी प्रकाशन गरेको थियो । पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी उपरीक्षकहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना गरेको छ ।

 

नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २४ गतेको निर्णयअनुसार सरुवा गरिएको हो ।

Share: