Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्वी ट्युनिसियामा डुङ्गा पल्टिँदा १३ जना सुडानी आप्रवासीको मृत्यु – Lekhanpeeth

पूर्वी ट्युनिसियामा डुङ्गा पल्टिँदा १३ जना सुडानी आप्रवासीको मृत्यु

375
0
Share:

काठमान्डौ/ट्युनिसियाली समुद्री गार्डले पूर्वी महदिया प्रान्तमा इटाली जाँदै गरेको डुङ्गा डुब्दा सुडानी आप्रवासीहरूको १३ वटा शव फेला पारेको निजी रेडियो स्टेशन मोसाइक एफएमले बिहीबार उल्लेख गरेको छ।

 

रेडियो स्टेशनका अनुसार प्रारम्भिक अनुसन्धानले डुङ्गा दक्षिणपूर्वी स्फ्याक्स प्रान्तको जेबिनियाना शहरको तटबाट ४२ जना सुडानी सवार रहेको देखाएको छ।
जहाजमा सवार सुडानीहरूसँग शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको शरण कार्ड भेटिएको छ। महदिया अदालतका सरकारी वकिलले घटनाको अनुसन्धान शुरु गरेका छन् ।

 

ट्युनिसिया, उत्तरपश्चिम अफ्रिकाको भूमध्यसागरीय तटमा अवस्थित रहेको तर पछिल्लो समय अवैध रूपमा युरोप प्रवेश गर्न चाहनेका लागि पहुँचको मुख्य विन्दुहरू मध्ये एक स्थल मार्ग बनेको छ । ट्युनिसियाली अधिकारीहरूले पछिल्लो समय बढ्दै गएको अवैध आप्रवासीको समस्यासँग लड्नका लागि कडा कदम चालेको भए तापनि ट्युनिसियाली तटबाट इटालीतर्फ अवैध आप्रवासीको प्रयास बढ्दै गएको बताइएको छ।

Share: