गरिबलाई परिचयपत्र वितरण गरिँदै

Share:

काठमान्डौ/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताए ।

मन्त्री चौधरीले भने ‘गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ । यसलाई अझै प्रभावकारी रुपमा अघि बढाइने छ । गरिबी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ ।

भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उहाँले सुकुम्बासीहरुलाई चाँडैंनै जग्गा उपलब्ध गराइने जानकारी दिए

Share: