आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको हो ।

 

आज छापावाला सुन १ लाख १८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यता, चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: