
काठमान्डौ/काठमाडौँको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको हो ।
आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । केही सामानमा क्षति पुगेको पुगेको र पूर्ण क्षतिको विवरण आई नसकेको बानेश्वर प्रहरी वृत्तले जनाएको छ।