Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि – Lekhanpeeth

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

207
0
Share:

काठमान्डौ/सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । आइतबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

 

बैठकमा माओवादीले चलाएको विशेष रूपान्तरण अभियानका बारेमा समीक्षा भइरहेको छ । आज पनि अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ ।

 

फागुन १ देखि सुरू हुने विधान अधिवेशनअघि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको हो । गत शनिबार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रिय समिति बनाउने प्रस्ताव पारित गरी त्यसलाई पदाधिकारीले टुंगो लगाएर विधान अधिवेसनमा पेस गर्ने निर्णय गरेको भोलिपल्ट केन्द्रिय समिति बैठक बोलाइएको हो ।

 

आइतबारको बैठकमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की, सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेल, कोशीका इन्चार्ज चक्रपाणि खनाल, मधेशका इन्चार्ज लीलामणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, लुम्बिनीका इन्चार्ज हितमान शाक्य, कर्णालीका इन्चार्ज मातृका यादवले अभियानका बारेमा रिपोर्टिङ गरेका थिए ।

Share: