Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकी नेतृत्वको गठबन्धन मिसन अन्त्य गर्न इराक र अमेरिकाबीच वार्ता पुनः सुरु – Lekhanpeeth

अमेरिकी नेतृत्वको गठबन्धन मिसन अन्त्य गर्न इराक र अमेरिकाबीच वार्ता पुनः सुरु

159
0
Share:

काठमान्डौ/इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबीच आइतबार नयाँ चरणको वार्ता सुरु भएको इराकी सरकारले जनाएको छ ।

 

इराकी सेनाका प्रवक्ता याह्या रसौलले एक विज्ञप्ति जारी गर्दै उच्च सैन्य आयोग ९एचएमसी० ले इराकी सेनाको क्षमताका साथै सैन्य अवस्था, इस्लामिक स्टेट ९आइएस० समूहबाट उत्पन्न खतराको स्तरको मूल्यांकन गर्न अन्तर्राष्ट्रिय गठबन्धन पक्षसँग बैठक पुनः सुरु गरेको बताउनुभएको छ । रसौलले भन्नुभयो, “यी बैठकहरूको आधारमा, इराकमा अन्तर्राष्ट्रिय गठबन्धन सल्लाहकारहरूको क्रमिक कटौतीको लागि एउटा समय तालिका तयार गरिनेछ, जसले आईएससँग लड्ने गठबन्धन मिशनको अन्त्य र गठबन्धन देशहरूसँग इराकको द्विपक्षीय सम्बन्धमा सङ्क्रमणकालको नेतृत्व गर्नेछ ।”

 

रसौलले भन्नुभयो, “ आयोगको काम जतिसक्दो चाँडो सम्पन्न गर्न सकियोस् र बैठकमा कुनै बाधा नपुगोस भनी अन्तर्राष्ट्रिय गठबन्धनसँग समय समयमा बैठकहरू आयोजना गरिनेछ ।
जनवरी २५ मा इराकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इराकमा अन्तर्राष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्न र राजनीतिक, आर्थिक, सांस्कृतिक, सुरक्षा तथा सैन्य स्तरमा गठबन्धन देशहरूसँगको विस्तृत द्विपक्षीय सम्बन्धमा उनीहरूको सम्बन्धलाई अगाडि बढाउन एचएमसी गठन गर्न संयुक्त राज्य अमेरिकासँग सहमत भएको बताएको थियो ।

Share: