Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम – Lekhanpeeth

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

Share:

काठमान्डौ/ युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यकासाथ भोजपुर नगरपालिकाले एकमहिने सवारी चालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो ।

 

आफ्नै ठाउँमा सीपमूलक तालिम लिन पाउँदा यहाँका स्थानीय युवा खुसी भएका छन् । सीप लिन धेरै खर्च गरेर धरान, इटहरीलगायत ठाउँमा जानुपर्ने बाध्यात्मक अवस्थामा आफ्नो ठाउँमा घरको खाना खाएर सीप सिक्न पाएकामा सहज भएको सहभागी स्थानीय बुद्धबल तामाङले बताए । लामो समय विदेशमा बिताएको भए पनि सीपका कारण राम्रो आम्दानी गर्न नसकेको उनको भनाइ छ ।

 

‘पैसा कमाउने लक्ष्यले विदेश गए’, उनले भने , ‘सीपका कारण राम्रो आम्दानी गर्न सकिन, सीप लिएर स्वरोजगार बन्ने लक्ष्यले स्वदेश फर्के, अहिले स्थानीय तहको पहलमा सीप लिन पाएको छु, आफ्नै ठाउँमा निःशुल्क सीप लिन पाउँदा खुसी लागेको छ ।’ वडा र नगरपालिकाबाट विनियोजन भएको रु तीन लाख २० हजार बजेटमा तालिम सञ्चालन गरिएको हो ।

 

एक महिनासम्म भोजपुर–५ बोखिममा सञ्चालन भएको तालिममा वडा नं ८ पोखरेबाट पाँच, वडा नं ६ देउरालीबाट तीन, वडा नं ७ बाट दुई, वडा नं ९ काफ्लेबाट तीन र नगरपालिकाका तर्फबाट पाँच गरी १८ जनाको सहभागिता थियो । सिकेको सीपलाई सदुपयोग गर्नेगरी आउँदा दिनमा स्वरोगार बन्ने लक्ष्य रहेको सहभागी विमल रणपंहेलीले बताए । उहाँ सीप सिक्न बाहिरको सहर जानुपर्ने अवस्थामा आफ्नै ठाउँमा स्थानीय तहको लगानीमा सीप लिन पाउँदा सहजता भएको बताएका छन् ।

 

युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले एकमहिने सीपमूलक तालिम दिइएको नगर उपप्रमुख निर्मला शेर्पाले बताउनुभयो । युवालाई रोजगारसँग जोड्न आवश्यक तालिमसँगै सीप प्रदान गर्दै आएको छ । उहाँले सीप लिएका युवालाई व्यवसायसँग जोडेर अघि बढ्न बर्सेनि प्रोत्साहनका कार्यक्रम गरिरहेको बताए ।

 

‘हामीले युवालाई स्वोजगारसँग जोड्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उपप्रमुख शेर्पाले भनिन , ‘सीप लिन चाहने युवालाई नगर र वडाको बजेटमा तालिम दिएका छौँ, यसले युवालाई स्वरोजगार बन्न मद्दत पुग्छ भन्ने हाम्रो अपेक्षा हो ।’ भोजपुरवासीलाई सवारीसाधन लिन धेरै खर्च गरेर धरान, इटहरी, विराटनगरलगायत सहरमा जाँदा समयसँगै धेरै खर्च हुने गरेको थियो ।

 

दुर्गम क्षेत्र भए पनि कोशी प्रदेशको ड्राभिङ स्कुल सङ्घले तोकेको शुल्कमा सेवा दिँदै आएको स्कुलका सञ्चालक तथा स्थानीय सुमन प्रधानले बताउनुभयो । आफू पनि विदेशमा बसेर आएकाले सीपका कारण भोग्नुपरेको समस्यालाई ध्यानमा राख्दै आफू स्वरोजगार बन्ने तथा अरु युवालाई पनि स्वरोजगार बनाउने लक्ष्यले स्कुल सञ्चालन गरेको उहाँको भनाइ छ । हालसम्म धेरै युवाले सीप सिकेर स्वरोजगार बनिसकेको उहाँको भनाइ छ ।

Share: