क्वाटरफाइनलमा कुवेतमाथि नेपालको शानदार जित

134
0
Share:

काठमान्डौ/एसीसी प्रिमियर महिला कपको क्वाटरफाइनलमा नेपालले कुवेतलाई पराजित गरेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्‍यो । नेपापल लागि कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे । सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् ।

 

यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो । कुवेतकी शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३–१३ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेका थिएनन् ।

 

कुवेतलाई सस्तोमा रोक्न नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिइन् । रुविना क्षेत्री र कविता कुवरले २–२ विकेट लिए ।

 

Share: