माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै

170
0
Share:

काठमान्डौ/विधान संशोधनका विभिन्न प्रस्ताव र सुझावहरू संकलन र पारित गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ ।

 

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी अधिवेशनमा बुधबार समूहगत छलफलपछि १३ वटा समूहबाट प्राप्त सुझावहरू प्रस्तुत भएका छन् भने बिहीबार बाँकी रहेका ७ वटा समूहका निष्कर्ष र सुझावहरू प्रस्तुत गर्ने कार्यसूची छ ।

 

त्यसपछि विधान संशोधनका प्रस्तावहरू पारित गर्दै बिहीबारै अधिवेशन सम्पन्न गर्ने तयारी रहेको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । मंगलबारदेखि सुरु भएको अधिवेशनमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले विधानमा संशोधनसहितको प्रस्ताव पेश गरेका थिए ।

 

सो प्रस्तावमाथि सुझाव राख्ने क्रममा नेताहरूले पार्टीको विधानमा संशोधन गर्दा पार्टीको नाम र निर्वाचन चिन्ह नै फेर्नुपर्ने सम्मको सुझाव दिएका छन् । अधिवेशनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ ।

 

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जन वर्गीय संगठनका पदाधिकारीहरू सहभागी छन् ।

Share: