
काठमान्डौ/आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले सातौं ओभरमा डच ओपनर म्याक्स ओ डोडलाई रन आउट गरेको हो ।
उनी १० रन बनाएर पेभेलियन फर्किए । त्यसअघि सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका थिए । सोमपालले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर मिचेल लेभिटलाई पेभेलियन फर्काएका थिए ।
नेपालले आज टस जिते पहिले बलिङ रोजेको हो ।