समाजवादी मोर्चाको बैठक बस्दै, के छन् एजेन्डा ?

139
0
Share:

काठमान्डौ/समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे नेकपा ९एकीकृत समाजवादी०को कार्यालय आलोकनगरमा बस्ने बताइएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

 

सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे बैठकमा छलफल गरिने एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

 

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

Share: