‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीता : महेन्द्र ज्योती भूपु विद्यार्थी मंच र खुम्बु यम्बु शेर्पा समाज सेमिफाइनलमा प्रवेश

386
0
Share:

काठमान्डौ/‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको १४औं संस्करण अन्तर्गत काठमान्डौको सानो गौचरण खेल मैदानमा हिजो (आइतबार) भएको सेमिफाइनलका २ खेलमा महेन्द्र ज्योती भू.पु विद्यार्थी मंच र खुम्जुङ युवा क्लब फाइनलमा प्रवेश गरेका छन् ।

 

महेन्द्र ज्योती भू.पु विद्यार्थी मंच र डमीछोवा फुटबल टिम विच भएको पहिलो खेलमा दुवै टिमले खेल समय भित्र गोल गर्न नसकेपछि पेनाल्टी सुटआउट मार्फत् महेन्द्र ज्योती भू.पु विद्यार्थी मंच विजयी भएको हो । खेलको म्यान अफ द म्याच महेन्द्र ज्योती भू.पु बिद्यार्थी मंचका खेलाडी निग्मा तेम्वा शेर्पाले हात पारेका थिए ।

 

त्यस्तै आज खुम्बु यम्बु शेर्पा समाज र खुम्जुङ युवा क्लब विच भएको सेमिफाइनलको दोस्रो खेलमा ०९१ गोल अन्तरले खुम्जुङ युवा क्लब विजयी भएको छ । खेलको म्यान अफ द म्याच खुम्जुङ युवा क्लबका खेलाडी छिरिङ शेर्पा भएका छन् । प्रतियोगितामा आज दिउँसो ११ बजेबाट तेस्रो स्थानका लागी र १ बजेबाट फाइनल खेल सुरुहुने आयोजकले बताएको छ ।

 

शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ बर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगीता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच हुने र शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाई छ ।

 

‘खुम्बु ल्होसार कप’ प्रतियोगिताको यो संस्करणको आयोजना ठमिचो क्षेत्रका दुई संस्थाहरु यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रुपमा गरेका हुन् । यस प्रतियोगिताको बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण-पत्रको साथमा नगद एक लाख रुपियाँ, उपविजेता टिमले मेडल र प्रमाण-पत्रको साथमा नगद रु पचास हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद पुरस्कार रु पञ्चीस हजारको साथमा मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछ । माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गते (आज) समापन समारोहका साथ सम्पन्न हुनेछ ।

Share: