
काठमान्डौ/प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले ठुलो सङ्ख्यामा वन रक्षकको विज्ञापन गरेको छ ।
आयोगले प्रदेश निजामती सेवा अन्तर्गत वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । जसमा खुल्ला तर्फ १२८, महिला ३३, आदिवासी जनजाति ३४, मधेसी ५, दलित ६, अपाङ्ग ४, थारु ६ र मुस्लिम ५ गरी २२१ जनाको विज्ञापन गरेको हो ।