संसद् भवन प्रवेश गरे लघुवित्त पीडित

149
0
Share:

काठमान्डौ/लघुवित्त तथा सहकारी पीडितहरू सोमबार संसद् भवन परिसरमै प्रवेश गरेका छन् । करिब ५० जना आन्दोलनकारीहरू संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् ।

 

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला उनीहरू संसद् भवन परिसरमै नाराबाजी गर्न पुगेका हुन् । सङ्घीय सांसदभित्र प्रवेश पास विना जान दिइँदैन भने सङ्घीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरिएको छ ।

 

अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनकारीलाई कहाँ राखिएको छ भन्नेबारे केही खुलाइएको छैन । अर्थमन्त्रीको राजीनामा पनि मागेका थिए । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका पैदल हिँडेर काठमाडौँ आएका छन् ।

 

जानकारहरूका अनुसार आन्दोलनकारी संसद भवन परिसर भित्र प्रवेश गरेर आन्दोलन गरेको सम्भवत यो पहिलो घटना हो । यो घटनाले सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

Share: