Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चन्द्रागिरिमा ढक, तराजु दर्ता तथा नवीकरण शिविर – Lekhanpeeth

चन्द्रागिरिमा ढक, तराजु दर्ता तथा नवीकरण शिविर

207
0
Share:

काठमान्डौ/ चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक , तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गरेको छ । अप्रमाणित ढक तथा ,तराजुको प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो । यसका लागि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य सङ्घको सहकार्यमा बुधबारदेखि ढक तराजु दर्ता तथा नवीकरण शिविर आयोजना गर्ने भएको छ ।

 

यही फागुन १६ देखि २१ गतेसम्म सञ्चालन हुने सो शिविरमा नेपाल गुणस्तर तथा नापतौल कार्यालयका टोलीले प्राविधिक सहयोग गर्नेछन् । व्यवसायीलाई सहज बनाउन उनीहरूलाई पायक पर्ने स्थानमा नै ढक, तराजु दर्ता नवीकरण शिविर आयोजना गर्न लागेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले जानकारी दिए । उनले भने , ‘शिविर सञ्चालनपछि व्यवसायीले मापदण्डबमोजिम दर्ता र नवीकरण नगरी ढक, तराजु प्रयोग गरेको पाइएमा कारबाही गरिनेछ । अतः ढक, तराजु दर्ता एवं नवीकरण गरेरमात्र प्रयोग गर्न म व्यवसायीलाई आग्रह गर्दछु ।’

 

उनका अनुसार शिविर थानकोट (साझा घर), लाछिटोल (सतुङ्गल), चौपाया खरिद केन्द्र (दहचोक), विष्णुदेवी मन्दिर परिसर र चन्द्रागिरि नगरपालिका प्रागङ्गण (बलम्बु)मा सञ्चालन हुनेछ । शिविरमा आउँदा नागरिकता, व्यवसाय दर्ताको प्रमाणपत्र, ढक तराजु खरिद गरेको ३५ दिन ननाघेको भएमा खरिद गरेको बिल तथा नाघेको भए ढक तराजु ल्याउन तथा डिजिटल तराजुसँगै क्षमताको १० प्रतिशत ढक अनिवार्य ल्याउन व्यवसायीलाई नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले यस्तो शिविर हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।

Share: