Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भक्तराज आचार्यको अन्तिम संस्कार गरियो – Lekhanpeeth

भक्तराज आचार्यको अन्तिम संस्कार गरियो

174
0
Share:

काठमान्डौ/गायक तथा संगीतकार भक्तराज आचार्यको अन्तिम संस्कार गरिएको छ । आचार्यको हिन्दु संस्कारअनुसार आज अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

 

उनका छोरा सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् । भक्तराजको अन्तिम संस्कारमा ठूलो सङ्ख्यामा कलाकार तथा शुभेच्छुक आर्यघाट पुगेका थिए ।

 

त्यसअघि भक्तराजको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

Share: