Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एक सय रुपैयाँले घट्यो सुनको मूल्य – Lekhanpeeth

एक सय रुपैयाँले घट्यो सुनको मूल्य

211
0
Share:

काठमान्डौ/सुनको भाउमा सामान्य गिरावट आएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार १०० रुपैयाँले घटेको हो । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । मंगलबार १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३० दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ४३ डलरमा कारोबार भइरहेको छ ।

Share: