
काठमान्डौ/त्रिकोणात्मक टी-२० आई शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । उसका लागि मिचेल लेभिटले १३५ रन बनाए ।