Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा – Lekhanpeeth

त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

322
0
Share:

काठमान्डौ/हङकङमा हुने त्रिदेशीय टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ।

 

टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिशी, लोकेश बम आकाश चन्द र अविनाश बोहोरा छन्।

 

नेपालले फागुन २६ (मार्च ९ देखि १३) गतेसम्म हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्न लागेको हो। सिरिजमा नेपालसहित हङकङ र पपुवा न्यूगिनी पिएनजी सहभागी हुनेछन्। नेपालले फागुन २६ मा नेपालले हङकङसँग फ्रेन्डसीप खेल खेल्नेछ ।

 

सिरिजको पहिलो खेल हङकङसंग फागुन २७ र दोस्रो खेल पपुवा न्युगिनिसँग फागुन २९ गते खेल्नेछ । फाइनल खेल फागुन ३० गते हुनेछ।

Share: