सोमबार सुन-चाँदीको मूल्य कति ?

157
0
Share:

काठमान्डौ/सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार २ हजार रुपैयाँले बढेर रेकर्ड भाउ नजिक पुगेको सुन सोमबार स्थिर रहेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

 

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ८० दशमलव ९५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ०५ डलरमा कारोबार भइरहेको छ ।

Share: