Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख २६ हजार – Lekhanpeeth

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख २६ हजार

299
0
Share:

काठमान्डौ/साताको पहिलो दिन आज (आइतबार) सुनको मुल्य इतिहासकै उच्च भएको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदि प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: