Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित – Lekhanpeeth

राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

218
0
Share:

काठमान्डौ/राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका उनी मंगलबार राष्ट्रिय सभामा भएको मत विभाजन प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

 

दाहाललाई राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्तुत प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १७ मत खस्यो। मत विभाजन प्रक्रियामा ५६ सदस्य उपस्थित थिए ।

 

राष्ट्रिय सभाको नयाँ अध्यक्षमा निर्वाचित दाहाल माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन्। दुई वर्षअघि राष्ट्रपतिबाट मनोनीत भएका उनको कार्यकाल चार वर्ष बाँकी रहेकाले उनले आगामी चार वर्ष राष्ट्रिय सभाको नेतृत्व गर्नेछन्।

Share: