Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काँग्रेसको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित – Lekhanpeeth

काँग्रेसको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

275
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ नआएसम्म उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा विधेयक पेस गर्न नदिने अडान लिएको छ।

 

सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै काँग्रेसले विरोध जनाइरहेको छ। आज गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। तर, त्यसमा काँग्रेसले अवरोध गरेको हो।

 

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले जवाफ दिने हो कि प्रतिपक्षलाई सदन अवरोध गर्न बाध्य पारिएको हो। बाध्य पारिएको हो भने पनि त्यसो नगरियोस्। होइन भने प्रधानमन्त्रीको जवाफ नआएसम्म गृहमन्त्रीको कार्यसूचीमा प्रवेश गर्न दिँदैनौँ।’

 

काँग्रेसले विरोध जनाउँदै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

Share: