सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना

80
0
Share:

काठमान्डौ/दुग्ध विकास संस्थान (डिडिसी)ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ ।

 

बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गरेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले विगतका वर्षको भन्दा पछिल्लो ६ महिनामा डिडिसी नाफा गएको बताए ।

 

उनले पछिल्लो समय दुग्धजन्य वस्तुहरू बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने बताए । उनले डिडिसीले धेरै जनधन्त्व भएका क्षेत्रमा बिक्री केन्द्रहरूलाई अभियानकै रुपमा अगाडि बढाउन आग्रह गरे ।

 

उनले सिंहदरबारमा २ हजार ५ सय भन्दा बढी कर्मचारी भएकाले उनीहरूको सहजताको लागि बिक्री केन्द्र स्थापना गरिएको बताए । सचिव पौडेलले डिडिसीको मुख्य उद्देश्य भनेको डिडिसीको उत्पादनलाई उपभोक्ता माझ पुर्याउनु रहेको बताए ।

 

मुख्य सचिव डा।वैकुण्ठ अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताए । उनले सिंहदरबार भित्र डिडिसीको बिक्री केन्द्र हुँदा डिडिसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको बताए । उनले दुग्धजन्य वस्तुहरू बिक्री नभएको विषय सिंहदरबार बिक्री केन्द्रले थप सहज हुने बताए ।

 

उनले डिडिसीले काठमाडौंको सिंहदरबारभित्र बिक्री केन्द्र खोलेर भन्दा पनि मुलुकभर बिक्री बिस्तार गर्न आवश्यक रहेको बताए । उनले डिडिसी रिङरोड भन्दा बाहिर गएपछि हराउने गरेकाले बिक्री केन्द्र नपुगेको ठाउँमा पुग्न आग्रह गरे । उनले डिडिसीले आफ्ना उत्पादनलाई मुलुकभर पुर्याउन सक्नुपर्ने आवश्यकता रहेको बताए ।

Share: