Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । आज बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, सोमबार चाँदी १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ १५ रुपैयाँ बढेको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Share: