Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोलाको कति ? – Lekhanpeeth

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोलाको कति ?

Share:

काठमान्डौ/नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १५ सयले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।

 

मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो । आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

 

चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

 

Share: