Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको छ । सोमबार २०० रुपैयाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

 

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख २६ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, मंगलबार चाँदी १ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: