
काठमान्डौ/सुनको मूल्य दुई दिनमा प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १००० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले बढेको हो ।
सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।


