Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत – Lekhanpeeth

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

197
0
Share:

काठमान्डौ/राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

 

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले पदबाट दिएको राजीनामा स्वीकृति गरिएको बताएका हुन् । उपाध्यक्ष अर्यालले बिहीबार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी थिइन् । अध्यक्ष दाहालले भने,‘राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको व्यहोरा सभा समक्ष जानकारी गराउँदछु ।’

 

नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष रहेकी अर्यालले नयाँ सत्ता समिकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी हुन् । राजीनामा पत्रमार्फत उनले पदीय जिम्मेवारीमा रहँदा साथ दिएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष, सांसदहरु र संसद सचिवालयका पदाधिकारीसहित सहयोगी सबैलाई धन्यवाद समेत दिइन् ।

Share: