पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ बढ्यो

95
0
Share:

काठमान्डौ/पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ रुपैयाँ पुगेको हो । नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आइतबारको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ । निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो ।

 

निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आइतबार यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाण्डौं, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ ।

 

डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूल्य भने यथावत रहेको जनाईको छ । यता, एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै मूल्य हेरफेर नगर्ने निर्णय गरेको छ ।

Share: